Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको हो।

जसको सदस्यमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन्।

सदस्य पम्पा भुसालले पार्टीका दुईजना अध्यक्षकै पहलमा कार्यदल गठन भएको बताइन्। कार्यदलले विवाद समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरिन्।

कार्यदलमा ओली, प्रचण्ड र नेपाल समूहका दुईदुईजना रहेको देखिए पनि भागवण्डाको आधारमा कार्यदल गठन नगरेको भुसालको दाबी छ।

कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा कुन विषयमा कसरी सहमति गर्ने भनेर लिखितरूपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ।

त्यसैको आधारमा दुवै अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्न सक्छन्।

यसअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं