Lite Nepal

शनिबार, साउन ३१, २०७७

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ। दुई देशका प्रधानमन्त्रीबीच टेलिफाेनमा कुराकानी भएकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

थापाले ट्विट गर्दै लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच टेलिफाेन संवाद भएकाे छ। अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउने छ।’

यसअघि प्रधानमन्त्री ओलीले भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए। भारतीय समकक्षी मोदी, भारत सरकार र त्यहाँका जनतामा प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको पनि कामना गरेका थिए।

सीमा विवाद उत्पन्न भएपछि लामाे समय प्रधानमन्त्री तहमा कुराकानी हुन सकेको थिएन। आज भएकाे कुराकानीले दुई देशबीच देखिएकाे तीक्तता हटेर जाने विश्वास गरिएकाे छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं