Lite Nepal

बुधबार, भाद्र १७, २०७७

झापा । झापाको शिवसताक्षी नगरपालिका ११ सतासीधाम जाने बाटोमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

शिवसताक्षी नगरपालिका मैनाचुलीका २८ वर्षीय गोमनसिंह मगर मंगलबार बेलुकादेखि बेपत्ता भएका थिए।

परिवारले झिलझिले प्रहरीमा मगरको खोजी गरिदिन पनि जानकारी गराएका थिए।

सतासीधामको रतुवामाई वृक्षारोपणका वन रक्षकले उक्त शव देखेर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।

मगरको शव धारिलो हतियार प्रहार गरेको अवस्थामा बुधबार बिहान १० बजे फेला परेको छ।

प्रहरीका अनुसार मृतक मगरको घाँटी तथा शरीरका विभिन्न भागमा गहिरो चोट देखिएको छ।

जसका कारण हत्याको आशंका गरिएको छ। प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर मगाएर घटनास्थल आसपास खोजी गरिरहेको छ।

घटनास्थल नजिकै एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा