Lite Nepal

बुधबार, भाद्र १७, २०७७

झापा । झापाको शिवसताक्षी नगरपालिका ११ सतासीधाम जाने बाटोमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

शिवसताक्षी नगरपालिका मैनाचुलीका २८ वर्षीय गोमनसिंह मगर मंगलबार बेलुकादेखि बेपत्ता भएका थिए।

परिवारले झिलझिले प्रहरीमा मगरको खोजी गरिदिन पनि जानकारी गराएका थिए।

सतासीधामको रतुवामाई वृक्षारोपणका वन रक्षकले उक्त शव देखेर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।

मगरको शव धारिलो हतियार प्रहार गरेको अवस्थामा बुधबार बिहान १० बजे फेला परेको छ।

प्रहरीका अनुसार मृतक मगरको घाँटी तथा शरीरका विभिन्न भागमा गहिरो चोट देखिएको छ।

जसका कारण हत्याको आशंका गरिएको छ। प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर मगाएर घटनास्थल आसपास खोजी गरिरहेको छ।

घटनास्थल नजिकै एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं