Lite Nepal

शुक्रबार, भाद्र १९, २०७७

विराटनगर । सहर तथा गाउँ क्षेत्रमा बाँझो जमिन अत्याधिक बढेपछि मोरङको कटहरीस्थित जीवन विकास समाजले बाँझो खेतमा खेती गर्ने अभियान सुरु गरेको छ ।

शुक्रबार कटहरी–२ करिब ४ कठ्ठा जमिनमा पछुवा धान रोपी अभियानको सुरुवात गरिएको छ ।

प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजेन्द्र उप्रेती, जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डलले धान रोपेर अभियान थालिन गरेका छन् ।

जीवन विकास समाज यस वर्ष करिब ५ सय विघा जमिनमा खेती गर्ने अभियानसहित यो कार्यक्रम सुरु गरिएको मण्डलले जानकारी दिए ।

खोलाको बगर, व्यक्तिको बाँझो जमिन र अन्य प्रकारका खेतमा यो अभियान चलाइने उनले बताए ।

खाद्यान्न लगायतका सामग्रीहरूको उत्पादनलाई बढाउन र स्वदेशका जमिनलाई अधिकतम् प्रयोग गरी प्रेरणा दिनका लागि यो अभियानको सुरुवात गर्नु परेको मण्डलले बताए ।

यो कार्यक्रमका लागि विभिन्न मोडलहरू विकास गरिएको छ । कुनै व्यक्तिको जग्गा बाँझो भएमा उससँग अधिया लिएर या भएको उत्पादनबाट नै लागत लिने गरी काम सुरु गरिएको छ ।

‘यदी कसैले खेत दिन्छ भने सबै काम संस्थाले गरीदिन्छ र आफ्नो लागत लिएर बढी भएको आम्दानी सम्बन्धित धनीलाई उपलब्ध गराउने छ,’ मण्डलले भने, ‘यदी सरकारको अधिनश्त भएका छन् भने पनि हामी प्रक्रिया पु¥याएर उत्पादनका काम गर्ने छौं ।’

जीवन विकास समाजका दमोदर रेग्मीका अनुसार यो बाँझो खेतमा खेती लगाउने अभियानमा समाजका कर्मचारी र स्वयसेवीहरू प्रयोग गरिने छ ।

अन्य सम्पूर्ण व्यवस्थापन समाजले नै गर्छ । खेतमा मौसम अनुसार धान, मकै लगायतका अनुकुलका बाली लगाइने छ ।

मन्त्रालयका उपसचिव राजेन्द्र उप्रेतीले यो उदारणीय र प्रभावकारी हुने बताए । उनले यस्ता अभियानले सरकारले चालेको भूमि बैंक र उत्पादन वृद्धिका कामलाई सहयोग पु¥याउने छ ।

सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अवधारणा सहयोग पुग्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा