Lite Nepal

शनिबार, भाद्र २०, २०७७

झापा । झापाको शिवसताक्षी नगरपालिका १९ का २९ वर्षीय गोमन सिंह मगरको उनका साथीले गुडिरहेकै मोटरसाईकलमा घाँटी रेटेर हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शुक्रबार शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय मनकुमार लिम्बूलाई नियन्त्रणमा लिएपछि सो रहस्य खुलेको हो ।

लिम्बुलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।

घाँटी काटिएको शव भदौ १७ गते बिहान शिवसताक्षी ११ स्थित जङ्गलमा फेला परेको थियो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयबाटको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापाको टोली, सङ्घीय प्रहरी कार्यालय धरानबाट डग शाखाको केनाईन टोलीले गरेको अनुसन्धानपछि लिम्बूलाई पक्राउ गरिएको हो ।

लिम्बूले लेनदेनको विषयमा विवाद हुँदा भदौ १६ गते राति मगरलाई राति बोलाएर आफैँले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

घरबाट साथीलाई भेट्न जान्छु भनी निस्किएका मगर परिवारको सम्पर्कमा नआएपछि उनको खोजी भएको थियो ।

लिम्बूले बोलाएर प्रदेश ०१–०१०१२ प ५२२५ नम्बरको मोटरसाइकलमा हावा खाई फ्रेस हुन भन्दै उनीहरु सताक्षीधाम मन्दिर गएको अनुसन्धानमा खुलेको छ ।

पछाडि बसेका लिम्बूले मोटरसाइकल बिस्तारै चलाउन लगाइ मोटरसाइकल चलाइरहेकै अवस्थामा धारिलो हतियार कर्दले मगरको घाँटी रेटेको स्वीकारेको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोईरालाले जानकारी दिए ।

घाँटी काटेपछि मोटरसाइकलबाट लडेका मगरलाई पुनः पुनः रेटेर हत्या गरी नालिमा फालेका थिए भने मोटरसाईकल सडकदेखि छेउ जङ्गलमा लगेर लडाईदिएका थिए ।

त्यसपछि मगरले बोकेको मोबाइल, धारिलो हतियार कर्द र आफ्नो मोबाइलसमेत लिम्बुले झिलझिले खोलामा फालेर फकिएका थिए ।

प्रहरीले लिम्बूलाई पक्राउ गरेपछि खोलाको पानीलाई स्काभेटर प्रयोग गरि थुनेर खोजी गर्दा फालिएको सामान फेला पारेको जनाएको छ ।

उनीहरुबीचको आर्थिक लेनदेनमा असमझदारी भई बढेको मनमुटाबको कारण घटना भएको देखिएको प्रहरीले जनाएको छ ।

लिम्बूलाई आइतबार झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा