Lite Nepal

आइतबार, भाद्र २१, २०७७

काठमाडौं । शनिबार कोरोना भाइरस संक्रमितको संख्याभन्दा डिस्चार्ज हुने धेरै रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन् ।

गत आइतबारदेखि शनिबारसम्म ७ हजार ९ सय ३७ जना संक्रमित थपिएका छन् ।

कुल संक्रमितमध्ये ६ हजार ५ सय ७२ जना डिस्चार्ज भएका छन् ।

गत आइतबार २ सय ६७, सोमबार ५ सय ८८, मंगलबार ७ सय ६८, बुधबार १ हजार १ सय ५२, बिहीबार ९ सय १७ र शुक्रबार १ हजार ३ सय ५४ जना संक्रमित डिस्चार्ज भएका छन् । केही दिनयता डिस्चार्ज हुने क्रम बढ्दो छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ९१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २४ जना भेन्टिलेटरमा र १ सय ६७ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

हालसम्म संक्रमितमध्ये २ सय ८० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं