Lite Nepal

आइतबार, भाद्र २१, २०७७

काठमाडौं । शनिबार कोरोना भाइरस संक्रमितको संख्याभन्दा डिस्चार्ज हुने धेरै रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन् ।

गत आइतबारदेखि शनिबारसम्म ७ हजार ९ सय ३७ जना संक्रमित थपिएका छन् ।

कुल संक्रमितमध्ये ६ हजार ५ सय ७२ जना डिस्चार्ज भएका छन् ।

गत आइतबार २ सय ६७, सोमबार ५ सय ८८, मंगलबार ७ सय ६८, बुधबार १ हजार १ सय ५२, बिहीबार ९ सय १७ र शुक्रबार १ हजार ३ सय ५४ जना संक्रमित डिस्चार्ज भएका छन् । केही दिनयता डिस्चार्ज हुने क्रम बढ्दो छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ९१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २४ जना भेन्टिलेटरमा र १ सय ६७ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

हालसम्म संक्रमितमध्ये २ सय ८० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा