Lite Nepal

आइतबार, भाद्र २१, २०७७

विराटनगर । राती सुतेर उठ्दा कहिलेकाहिँ विहान तपाईंको शरीरका बिभिन्न भागमा निलो दाग देखिन्छ ? यस्तो कुनै दाग दुख्ने हुन्छ त कुनै नदुख्ने पनि । धेरैले यो ‘बोक्सि’ले टोकेको पनि भन्ने गर्छन् ।

तर यो के कारणले भएको होला धेरैलाई थाहा नहुन पनि सक्छ । आज हामी यो के कारणले हुन्छ जानकारी दिदैछौँ । शररीमा देखिएको दाग–धब्बालाई बोक्सीले रगत चुस्दा भएको मान्यता राख्नुहुन्छ भने यो एउटा अन्धविश्वास मात्रै हो ।

खास गरेर महिलाको खुट्टा र पाखुरामा यस्तो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ । तर, यसमा कुनै सत्यता हुँदैन । चिकित्सकहरु शरीरमा यस्तो निलो दाग ८ ओटा कारणले देखिन सक्ने बताउँछन् । ती ८ कारण निम्नानुसार छन् ।

छालामा चोट
आम रुपमा छालामा चोट लाग्दा यस्तो दागहरु देखिन्छ । कहिलेकाँही तपाईंको आफ्नै शरीरको भागले पनि अर्को भाग थिच्चिने अवस्था हुन्छ । यस्तै कुनै बस्तुसँग ठक्कर खाँदा पनि यस्तो चोट लाग्न सक्छ । यसरी चोट लाग्दा शरीरका रक्त धमनिमा असर पुग्न जान्छ, जसका कारण शरीरमा निलो दाग देखिन्छ ।

खानामा पोषण तत्वको कमि
रगत जम्न र रगतका धमिनिमा लाग्ने चोटहरु भर्नका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको आवश्यकता पर्छ । यसकारण तपाईंले खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु समावेश गर्नुपर्ने हुन्छ ।

जस्तै भिटामिन ‘के’ले रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ । यस्तै जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन् ।

क्यान्सर र किमोथेरापीका कारण
तपाईं क्यान्सरपीडित हो र नियमित किमोथेरापी गर्नुहुन्छ भने पनि शरीरमा निलो दाग देखिन्छ । यस्तो यसकारण हुन्छ कि किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छन् । ब्लड प्लेट्सहरु तल आउँदा शरीरमा निलो दाग देखिने गर्छ ।

औषधी सेवनका कारण
केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरीरमा निलो दाग देखिन सक्छ । वार्फरिन र एस्प्रिन जस्ता रगतलाई पातलो बनाउने औषधि सेवन गर्दा शरीरमा निलो दाग देखिन्छ । यस्तै माछाको तेल, लसुन जस्ता केही प्राकृतिक सप्लिमेन्ट्सहरु अधिक सेवन गर्दा पनि शरीरमा निलो दाग देखिन्छ ।

वंशाणुगत रोग हिमोफिलियाका कारण
वंशाणुगत रोग हिमोफिलियाका कारणले पनि शरीरमा निलो दाग देखिन्छ । यो रोगका कारण शरीरको बाहिरी भागमा रगत जम्ने समस्या हुन्छ । यो रोग रगतमा थ्राम्बोप्लास्टिन नामक पदार्थको कमिका कारण हुन्छ ।

बढ्दो उमरका कारण
बढ्दो उमेर र बुढ्यौलीका कारणले पनि तपाईंको शरीरमा निलो दाग देखिन्छ । बढ्दो उमेरसँगै रगतका धमिनिहरु कमजोर हुने भएकाले बढ्यौलीका कारण शरीरमा निलो दाग देखिन्छ ।

थ्रम्बोफिलियाको समस्याका कारण
थ्रम्बोफिलिया रगत जाम हुने एक प्रकारको समस्या हो । यसले रक्त प्रवाहमा असर पुर्याउने गर्छ । यसलाई ब्लिडिङ डिसअर्डर पनि भनिन्छ, जसका कारण ब्लड प्लेट्सहरु धेरै कम हुन्छ । ब्लड प्लेट कम हुँदा शरीरमा निलो दाग देखिन्छ ।

वोन विलिब्रान्ड रोगका कारण
वोन विलिब्रान्ड रोग एक यस्तो अवस्था हो, जसमा अत्यधिक र विस्तारित मात्रामा रक्तश्राव हुने गर्छ । यो रोग वोन विलिब्रान्ड नामक प्रोटिनको स्तरमा रगतको कमिका कारण लाग्ने गर्छ । यो समस्याबाट पीडित व्यक्तिको शरीरमा सामान्य चोट लाग्दा पनि शरीरमा ठूला निलडाम देखिने गर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा