Lite Nepal

बुधबार, भाद्र २४, २०७७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने बताइएको छ।

अहिलेसम्मको स्थिति मूल्यांकन गर्दा कुलमान घिसिङ नै दोहोरिने सम्भावना रहेको बताइएको छ।

कुलमान घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याउने गरी मन्त्रिपरिषद्ले प्रस्ताव तयार पारिसकेको प्राधिकरण उच्च स्रोतले बताएको छ।

यही बिहीबारको मन्त्रिपरिषद् बैठकमा घिसिङको नाम प्रस्ताव गरिने बताइएको छ।

कार्यकारी निर्देशक घिसिङको कार्यावधि यही भदौ २९ गते सकिँदै छ। ‘नेकपाभित्र पनि माओवादी खेमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा उभिएको तर एमाले खेमा घिसिङको विकल्प खोज्नुपर्नेमा रहेको भए पनि घिसिङको पक्षमा नै सहमति भएको बुझिएको छ’, उच्च स्रोतले भन्यो।

यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने गरी मन्त्रालयले प्रस्ताव लैजाने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।

तर, ऊर्जा सचिव दिनेश घिमिरेले भने प्राधिकरणको कार्यकारी निर्देशकको प्रस्तावको सम्बन्धमा अहिलेसम्म मन्त्रालयले कुनै तयारी नगरेको स्पष्ट पारेका छन्।

घिसिङको समयावधि सकिन एक साताभन्दा कम समय बाँकि रहँदा अहिलेसम्म कसैले पनि उम्मेदारी दाबी गरेको देखिँदैन।

कथित हल्लाबाहेक खुलेर कोही पनि आफ्नो दावी लिएर नआएका कारण पनि घिसिङको निरन्तरतातर्फ नै संकेत गएको स्रोतको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं