Lite Nepal

बिहिबार, भाद्र २५, २०७७

विराटनगर । विराटनगर महानगरपालिका २ का वडाध्यक्ष सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष कुमार पोखरेलमा संक्रमण पुष्टि भएको हो ।

रिपोर्ट पोजेटिभ आएपनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताएका छन् ।

उनी होम आइसोलेशनमा बसेका छन् ।

यस्तै थपिएका अन्य ६७ जना संक्रमितहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् ।

केहि अस्पतालमा उपचाररत विरामीसमेत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमितको संख्या १ हजार ३५१ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं