Lite Nepal

शुक्रबार, भाद्र २६, २०७७

वासिङ्टन, २६ भाद्र । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ ।

हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।

सो विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ७९ जनाको निधन भएको देखाइएको छ ।

साथै यस भाइरसबाट संक्रमित हुनेहरु २ करोड ७६ लाख ९५ हजार १३० पुगेको पनि सो विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा देखाइएको छ ।

त्यस्तै उक्त तथ्यांकअनुसार यस भाइरसबाट १ करोड ८६ लाख ६० हजार ४७४ जना संक्रमण मुक्त भएका छन् ।

उता विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार भने यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब नौ लाख पुगेको छ ।

सो संगठनले ८ लाख ९५ हजारभन्दा बढीको मृत्यु भएको जनाएकोे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं