Lite Nepal

आइतबार, भाद्र २८, २०७७

ताप्लेजुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला सेक्रेटरी किशोर मेन्याङ्बोलाई प्रहरी पक्राउ गरी जेल चलान गरेको छ ।

फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवाबाट लुकिछिपी हिड्दै गरेको अवस्थामा मेन्याङ्बोलाई प्रहरीले पक्राउ गरेको हो ।

ताप्लेजुङकै पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु घर भएका मेन्याङ्बोलाई दर्जनौ मोबाइलका सिमकार्ड, विभिन्न दस्तावेजसहित पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका मेन्याङ्बोलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान् गरिएको पनि प्रनाउ श्रेष्ठले बताए ।

मेन्याङ्बो विरुद्ध विभिन्न ठाउँमा बम विस्फोट गराएको घटनामा संलग्न रहेको भनी पहिले नै मुद्दा दर्ता भएको थियो ।

प्रहरीका अनुसार बम विस्फोट घटनामा संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएपछि प्रहरीले मेन्याङ्बोको खोजी कार्य जारी राखेको थियो ।
यता उनीमाथि अनुसन्धानको कार्य पनि हुँदै आएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं