Lite Nepal

बिहिबार, आश्विन ०१, २०७७

विराटनगर । विराटनगरमा एक वृद्धको मृत्यू पछि कोरोना संक्रमण पुष्टि भएको छ ।

महानगरपालिका–६ का ६६ वर्षीय पुरुषको कोरोना रिपोर्ट बिहीबार बिहान १० बजे पोजिटिभ आएको हो ।

कोशी अस्पतालको आइसोलेसनमा उपचारका लागि उनलाई बुधबारराति ११ बजे भर्ना गरिएको थियो ।

ज्वरो आउने, खोकी लाग्ने र दम बढ्ने समस्या भएपछि उनलाई सुरुमा विराटनगरकै लाइफ गार्ड अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि उनलाई राति लाइफ गार्डले कोशी रेफर गरेको हो ।

तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका पुरुषको राति १२ः१५ बजे मृत्यु भएको कोशी अस्पतालका आइसोलेसन संयोजक एवं वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले बताए ।

उनका अनुसार मृत्युपछि स्वाब संकलन गरेर कोशीकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो ।

हालसम्म उपचारका लागि कोशीको आइसोलेसनमा भर्ना भएका १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा मात्रै २० जना संक्रमितको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं