Lite Nepal

बिहिबार, आश्विन ०१, २०७७

विराटनगर । लामो समय देखी बन्द रहेको लामो तथा छोटो दुरीका बस विहीबारबाट सञ्चालनमा आएका छन् ।

विहीवार विश्वकर्मा पुजाको दिन भएर सडकमा सवारी कम निस्किएपनि प्रदेश १ को राजधानी विराटनगरबाट ४ वटा लामो दुरीका बस काठमाडौ छुटेका छन् ।

पूर्व नेपाल यातायात ब्यवसायी प्रालिका कोषाध्यक्ष राजु धमलाले काठमाडौ र झापाको काँकडभिट्टा सम्मका लागि केही बस विराटनगरबाट छुटेको जानकारी दिए ।

सवारीलाई बसपार्कमा सुरक्षित रुपमा सेनेटाइज गर्ने बताएका ब्यवसायी धमलाले शुक्रबारबाट यसले पूर्णता लिने जानकारी दिए ।

यातायात क्षेत्र लामोसमय बन्द भएको हुदाँ सरकारले नै तोके अनुसार यात्रुसंग ५० प्रतिशत भाडा बढि लिइएको व्यवसायीको भनाई छ ।

बिहीबार राती काठमाडौंका लागि एउटा ठूलो बस बुक भएको नेपाल यातायात मजदुर संघ मोरङले जनाएको छ ।

१८ जना यात्रु आट्ने क्षमताको माइक्रो बसमा सामाजिक दुरी पालना गर्दै ५ देखि ८ जनासम्म मात्र यात्रु राखेर माइक्रोले काठमाडौ लैजान सुरु गरेको छ ।

विराटनगरबाट स्थानीय सवारी सेवा भने शुक्रबारबाट पूर्ण रुपमा सुरु हुने ब्यवसायीहरुको भनाई छ ।

पश्चिमतर्फ, बुटवल, धनगढी, नेपालगञ्ज, काठमाडौं, वीरगञ्ज लगायतका लागि बुकिंग भइरहेको ब्यवसायीहरुले जानकारी दिए ।

विराटनगर बसपार्कबाट पहाडी क्षेत्रसंगै छोटो र लामो दुरीको सेवा गरि करिब ३ सय ५० वटा सवारी साधन चल्दै आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा