Lite Nepal

सोमबार, आश्विन ०५, २०७७

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब ६ महिना पछि ६ जना यात्रु लिएर सीता एयरको जहाज सोमबार अवतरण भएको छ ।

आन्तरिक उडान नियमित भए संगै ताप्लेजुङको सुकेटार बिमानस्थलमा सोमबारदेखि हवाई उडान सुरु भएको हो ।

आन्तरिक उडान सुरु भएसँगै सोमबार पहिलो पटक सीता एयरले काठमाडौबाट सोमबार ६ जना यात्रु लिएर लिएर सुकेटार विमानस्थल पुगेको थियो ।

सीता एयर प्रालिका रिजेस थापाले काठमाडौबाट अन्यत्र उड्ने यात्रुलाई पीसीआर जाँच अनिवार्य गरिएका ले सोमबार ताप्लेजुङ पुग्ने सबै पीसीआर परीक्षण पछि मात्रै पुगेको बताए ।

सोमबार ताप्लेजुङ आउने तयारीका साथ टिकट गरेका १० मध्ये ४ जनाको भने पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आए पछि उनिहरु काठमाडौमै रोकिएका छन् । सरकारले यात्राका लागि पीसीआर जाँच अनिवार्य नभनेको भए पनि स्वास्थ्य सुरक्षाका लागि सीता एयरले भने सतर्कता अपनाएको हो ।

यता संक्रमणका कारण लामो समय सम्म बन्द रहेको सुकेटार विमानस्थलमा उडान सुरु भए संगै यहाँको स्वास्थ्य सुरक्षामा समेत विशेष ध्यान दिईएको ताप्लेजुङ नागरिक उड्डयन कार्यालय प्रमुख सुर्यबहादुर खत्री बताए ।

सीता एअरले गएको मंसिरदेखि सोमबार र शुक्रबार नियमित कामाण्डौ ताप्लेजुङ उडान सुरु गरेको थियो ।

यता अन्य हवाई सेवा कम्पनीहरुले समेत सुकेटार विमानस्थलमा आफ्नो नियमित उडान सुरु गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं