Lite Nepal

शनिबार, आश्विन १०, २०७७

विराटनगर । मोरङ, झापा र सुनसरीमा भएका विभिन्न घटना र दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा सिमेन्टको बोराले थिचेर ३५ वर्षीय कुमार उरामनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार न्यू पञ्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोरतर्फ लाने क्रममा अचानक लड्दा बोराले उनलाई थिचेको थियो।

सिमेन्टको बोराले थिचेर घाइते भएका कुमारको उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको हो।

उता झापाको बिर्तामोड नगरपालिका–५ मनमोहन अस्पताल अगाडि हायस माइक्रो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको गाडीले बाटो काट्दै गर्दा पैदल यात्रीलाई शुक्रबार राति ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका पाँचथर घर भई मेचीनगर नगरपालिका–११ धाइजन बस्दै आएका ६८ वर्षीय विर्खध्वज काम्वाङ ९लिम्बू०को उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हायस चालक झापाको भद्रपुर –१ का ३८ वर्षीय बाबुराम कट्टेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै घाँस काट्ने क्रममा लडेर सुनसरीको इनरुवा नगरपालिका–९ की ३५ वर्षीय दुखनीदेवी खत्वेको मृत्यु भएको छ।

खेतमा घाँस काट्ने क्रममा लडेर शुक्रबार बेहोस भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटैमा साँझ मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्रकुमार कार्कीले तीनवटै घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा