लक्ष्मी कटुवाल

बुधबार, आश्विन १४, २०७७

विराटनगर । झापाको बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन (ब्राउनसुगर)सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

उनिहरुको साथबाट प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर र नगद ९ हजार फेला परेको हो ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा