Lite Nepal

आइतबार, आश्विन १८, २०७७

काठमाडौँ । नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार चार बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठकको मिति तय भएको छैन ।

राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न आज बैठक बोलाइएको थियो ।

यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार, सचिवालयका कर्मचारी र पाँच दर्जन बढी सुरक्षाकर्मीमा एकैपटक कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री ओली शनिबारदेखि नै आइसोलनमा छन् । उनले सबै भेटघाट बन्द गरेपछि आइतबारको पार्टी सचिवालय बैठक स्थगित गरिएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले सरकारले हालै गरेका राजनीतिक नियुक्तिलाई लिएर असन्तुष्टि जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा