विराटनगर । सुनसरी हरिपुरमा तीन वर्षिय बालकको डुबेर मृत्यू भएको छ ।
स्थानीय धिरेन यादवका तीन वर्षिया छोरा सतिश कुमार यादवको डुबेर मृत्यु भएको हो ।
आइतबार साँझ ५ बजे आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा खेलिरहेको अवस्थामा लडेर बेहोस भएका थिए ।
डुबेर बेहोस भएका उनलाई तत्काल उपराचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।