काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर दुई लाख ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर चार हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी चार हजार ३९० मा कारोबार भएको थियो ।