Lite Nepal

सोमबार, आश्विन १९, २०७७

विराटनगर । विराटनगर विमानस्थललाई स्तरोन्नति, विकास र विस्तार गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

संघीय सरकार (नेपाल नागरिक उड्डयन प्राधिकरण), प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच सोमबार विराटनगरमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा विमानस्थल स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण, धावनमार्ग विस्तार, आधुनिक टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास गर्न तीनै तह लाग्ने उल्लेख छ ।

अब विराटनगर विमानस्थलको वर्तमान धावनमार्गको लम्बाइ ३ हजार मिटरसम्म विस्तार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रियस्तरको आधुनिक सुविधा सम्पन्न बनाइनेछ ।

यसका लागि प्रदेश १ र विराटनगर महानगरपालिकाले जग्गा अधिग्रहण, देखिएको समस्या समाधानको पहल तथा सहजीकरण गर्नेछ । त्यस्तै उसले जग्गा अधिग्रहणमा हुने खर्चको ५० प्रतिशत रकम प्राधिकरणलाई उपलब्ध गराउनेछ । जुन प्रदेश १ को ४० प्रतिशत र महानगरको १० प्रतिशत हुनेछ ।

यसबाहेक पहिलो पक्ष अर्थात् प्रदेश र महानगरले प्राधिकरणको काममा सघाउनेछ । दोस्रो पक्ष अर्थात् प्राधिकरणले यसको गुरुयोजना तयार गर्ने र जग्गा अधिग्रहण र मुआब्जा वितरणको लागि मन्त्रिपरिषदबाट आवश्यक निर्णय गराउनेछ ।

त्यसको लागि संघीय पर्यटन मन्त्रालयले सहजीकरण गर्नेछ । विमानस्थलको जग्गा अधिग्रहण, डीपीआर तथा डिजाइन सबै प्राधिकरणले नै गर्नेछ ।

सोमबार भएको हस्ताक्षर कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहित नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी सहित प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुको सहभागीता रहेको थियो ।

समझदारी पत्रको पुर्ण भाग हेर्न यहाँ क्लिक गर्नुहोस ।

विराटनगर विमानस्थल विस्तार सम्वन्धि समझदारी पत्र

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा