Lite Nepal

मंगलबार, आश्विन २०, २०७७

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नागरिक उड्डयन तथा हवाई क्षेत्रमा पछिल्लो समय तीन महत्वपुर्ण कार्य भएको उल्लेख गरेका छन् ।

सोमबार विराटनगर विमानस्थलको विकासका लागि तह र प्रदेशसँग समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी भएर काठमाडौ फर्किए लगतै सामाजिक सञ्जालमा लेख्दै मन्त्री भट्टराईले महामारीकै विचमा पनि महत्वपुर्ण कार्य गर्न सफल भएकोउल्लेख गरे ।

मन्त्री भट्टराईले विमानस्थलको विकासमा समझदारी र परिक्षण उडानलाई मन्त्रालयले गरेका महत्वपुर्ण कामका रुपमा उल्लेख गरेका छन् ।

मन्त्री भट्टराईले लेखेका महत्वपुर्ण कार्य यस्ता छन् ।
१. कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत बिमानस्थलको बिस्तार र स्तरोन्नती गर्न केन्द्र र प्रदेश सरकारका बीचमा लागत साझेदारी पत्रमा हस्ताक्षर (असोज १५ गते) अब बिस्तारको काम अघि बढ्ने छ ।

२. बर्तमान सरकार गठन पछि कालोपत्रे भएका बझाङ, डोटी र बैतडी बिमानस्थलमा परिक्षण उडान सम्पन्न ( असोज १७ गते ) अब नियमित उडान हुनेछ ।

३. प्रदेशको राजधानीमा रहेको बिराटनगर बिमानस्थलको बिस्तार तथा स्तरोन्नतीका लागि केन्द्र, प्रदेश र बिराटनगर महानगरपालिका बीचमा लागत साझेदारी पत्रमा हस्ताक्षर (असोज १९ गते ) अब बिस्तारको काम अघि बढ्ने छ ।

मन्त्री भट्टराईले संघीयता पारस्पारिक सहयोग र साझेदारीतामा आधारित संघीयता भएको उल्लेख गर्दै संबिधान र संघीयताको सोही मर्म र भावनाको कार्यन्वयन विमानस्थलहरुको बिस्तारमा तीन तहको लागत साझेदारीबाट शुरु भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा