Lite Nepal

बुधबार, आश्विन २१, २०७७

ताप्लेजुङ । कोरोना संक्रमणका कारण बन्द रहेका धार्मिक स्थल कार्तिक महिनादेखि खुल्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कार्तिक महिना देखी धार्मिक स्थल खोल्ने गरी बिहीबारको मन्त्रिपरिषदको बैठकमा सो प्रस्ताव लैजाने जानकारी दिए ।

बुधबार गृह जिल्ला ताप्लेजुङ पुगेका मन्त्री भट्टराईले ताप्लेजुङ आउनुअघि मंगलबार बेलुका आफूले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई भेटेर धार्मिकस्थल क्रमिक रुपमा खोल्नका लागि प्रस्ताव गरेको जानकारी दिएका हुन् ।

‘अब धार्मीमक स्थलमा पनि सुरक्षा सावधानी अपनाऔं, भोलेण्टियर, सुरक्षाकर्मी प्रयोग गरौं,’ उनले भने ‘मास्क स्यानिटाइजरको प्रयोग गरेर खोलौं भनेर मैले भने, प्रधानमन्त्री ज्यूले सकारात्मक कुरा गर्नुभयो ।’

तर, क्याबिनेटले निर्णय गरेपछि मात्रै त्यसको अन्तिम निर्णय हुने मन्त्री भट्टराईले बताए । निश्चित संख्याको आधारमा क्रमिक रुपमा खोल्ने गरिको प्रस्ताव गरिने भट्टराईको भनाई छ ।

कोरोना संक्रमणका कारण पशुपतिनाथ, ताप्लेजुङको पाथीभरा लगायत धार्मिकस्थल दर्शनार्थीका लागि बन्द गरिएको छ । तर, पाथीभरा दर्शनका लागि फाट्टफुट्ट दर्शनार्थी भने आइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं