Lite Nepal

बिहिबार, आश्विन २२, २०७७

विराटनगर । चालु आर्थिक वर्षको साढे तीन महिनामा एक सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि असोज १८ गतेसम्ममा १ नम्बर प्रदेशमा १ सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

१ नम्बर प्रदेशमा आर्थिक वर्ष ०७५र०७६ मा ५ सय ५५ वटा बलात्कारका घटना दर्ता भएका थिए । आर्थिक वर्ष ०७६र७७ मा ४ सय ८८ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

बलात्कारका घटनाको विवरण हेर्दा कतिपय बालिका आफन्तबाटै बलात्कृत भएको देखिन्छ । खासगरी मादक पदार्थ सेवन गर्ने र लागू औषधका अम्मलीबाट नै बढी बलात्कार भएको देखिन्छ ।

बलात्कारीलाई कानुनी कारवाही गर्नु भन्दा समाजले त्यस्ता व्यक्तिलाई जोगाउन खोजेकाले पनि बलात्कारीको मनोबल बढ्ने गरेको पाइएको छ ।

सामाजिक सञ्जालको प्रयोगसँगै युवायुवतीले यौनजन्य कुरामा बढी चासो राख्ने गरेकाले बलात्कारका घटना बढ्दै गरेको प्रहरीको ठहर छ ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का सामाजिक सञ्जालको प्रयोगसँगै किशोरकिशोरीमा प्रेम प्रस्ताव राख्ने र त्यसबाट यौन सन्तुष्टि मेटाउन खोज्ने गरेकाले पनि बलात्कारका घटना बढेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं