पर्यटनमन्‍त्री योगेश भट्टराईलाई कोरोना पोजिटिभ, फेसवुकबाट दिए सबैलाई जनाकारी

‘मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्राथी छु ।’

Lite Nepal

शनिबार, आश्विन २४, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

गत सोमबार स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका भट्टराईलाई सामान्य ज्वरो आएपछि शनिबार परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

‘गत सोमबार कोरोना परीक्षण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महसुस भयो’, मन्त्री भट्टराईले भने, ‘आज (शनिबार) पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भर्खरै जानकारी पाएको छु।’

मन्त्री भट्टराईले अहिलेसम्म हल्का ज्वोरोबाहेक अरु समस्या नदेखिएको जानकारी दिएका छन् । सोमबार रिपोर्ट नेगेटिभ आएपछि विभिन्न कार्यक्रममा सहभागी भएका मन्त्री भट्टराईले सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन् ।

‘केहि दिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्राथी छु ।’ मन्त्री भट्टराईले होसियार रहनु र परिआएमा सामना गर्नुबाहेक अन्य विकल्प नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं