Lite Nepal

बुधबार, भाद्र ३१, २०८३

विराटनगर । पछिल्लो २४ घण्टामा संखुवासभा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा ठूलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनससार यी क्षेत्रमा अति भारी वर्षासम्म भएको छ । मौसमविद् डेभिड ढकालका अनुसार सबैभन्दा धेरै वर्षा संखुवासभामा मापन भएको छ ।

‘टाँसी गाउँ स्नो’ केन्द्रमा मंगलबार राति ८ बजेदेखि बुधबार बिहान साढे ७ बजेसम्मको अवधिमा २८० मिलिमिटर वर्षा मापन भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

उनका अनुसार वर्षा कम हुँदै गएकोले यो तथ्यांक पनि घट्दै गएको हो । यो २४ घण्टाभन्दा अगाडि अझै धेरै वर्षा मापन भएको थियो । ‘यो हिमाली स्टेशन हो । त्यहाँ धेरै वर्षा भएको छ । पछिल्लो २४ घण्टामा २८० मिलिमिटर वर्षा मापन भएको छ’, उनले भने, ‘वर्षा कम हुँदै गएकोले अब केही घट्दै जान्छ ।’

मौसम विज्ञानका अनुसार २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन हुनु नै अति भारी वर्षा हुनु हो । जबकि संखुवासभामा बुधबार बिहानसम्म ३०० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको थियो । अहिले घटिरहेको छ ।

केही दिनदेखि टाँसी गाउँमा ठूलो वर्षा भइरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। तर, त्यस क्षेत्रमा हालसम्म बाढीपहिरोको घटना नभएको प्रहरीको भनाइ छ ।

यस्तै, २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं