Lite Nepal

मंगलबार, आश्विन २७, २०७७

विराटनगर । कन्ट्याक्ट ट्रेसिङमा परेका प्रदेश १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश कुशियतको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्री कुशियतको मंगलबार विहान रिपोर्ट आएको हो ।

मन्त्री कुशियत मेचीनगरको धुलावारीमा रहेको होटल मेची क्राउनमा पाहुना आउँदा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

मन्त्री कुशियत असोज २१ गतेको कार्यक्रममा भाग लिने क्रममा असोज २० गते बेलुका होटल मेची क्राउनमा आइपुगेका थिए । त्यहाँ उनको झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल सँग भेट भएको थियो ।

असोज १९ गते नै कोरोना परीक्षणका लागि स्वाव दिएका जिसस प्रमुख पोर्तेललाई असोज २१ कोरोना संक्रमण भएको थियो ।

प्रमुख पोर्तेल संक्रमित भएपछि मन्त्री कुशियत होम आइसोलेसनमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा