Lite Nepal

बुधबार, आश्विन २८, २०७७

दमौली । तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भए । उनलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो ।

त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित परिवारका सदस्य भेट्न पुगे । त्यहीबेला अस्पतालका चिकित्सक र बिरामीमा कोरोना भाइरस संक्रमण भयो । धर्मकुमारको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखियो ।

तर, उनका छोराहरू काठमाडौं बस्ने ७६ वर्षीय रामकुमार, तनहुँ भिमाद बस्ने ७१ वर्षीय विष्णुकुमार र ७४ वर्षीय कृष्णकुमारमा कोरोना पुष्टि भयो । कोरोनाबाटै साइलो छोरो विष्णुकुमारको चितवनमा यही असोज १९ गते सोमबार चितवन मेडिकल कलेजमा ज्यान गयो । माइलो छोरो कृष्णकुमारले असोज २४ गते शनिबार बीएन्डबी अस्पताल ललितपुरमा ज्यान गुमाए ।

चितवनमा अवस्था चिन्ताजनक भएपछि ९८ वर्षका वृद्धको राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । उनको पनि यही असोज २५ आइतबार निधन भयो । पहिले नेगेटिभ देखिएका ती वृद्धको रिपोर्ट काठमाडौंमा भने पोजिटिभ देखिएको थियो । परिवारकै अन्य ६ जनामा पनि कोरोना देखिएको छ ।

‘एकपछि अरूलाई गुमाउनु पर्दाको पीडा कसरी व्यक्त गर्न सकिन्छ र ?’, कृष्णकुमारकी छोरी सरिता श्रेष्ठले काठमाडौंबाट टेलिफोनमा भनिन्, ‘यस्तो त कसैले भोग्नु नपरोस् ।’ उनी तनहुँबाट आफन्तको उपचारमा सहयोग पु¥याउन पतिसहित काठमाडौं पुगेकी हुन् । धर्मकुमारका दुवै छोराको उपचारका क्रममा प्लाज्मा थेरापी पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा