Lite Nepal

शुक्रबार, आश्विन ३०, २०७७

विराटनगर । विश्वभर कोरोनाले भाइरस संक्रमणका कारण ११ लाख बढीले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ ।

यस्तै विश्वभरका ३ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ लाख हाराहारी मानिस संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ५० हजार ७५० पुगेको छ ।

संक्रमितमध्ये २ करोड ९३ लाख ६२ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४१ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख नाघेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७३ लाख ६५ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ७० हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३५ हजार जनाको मृत्यु भएको छ । ६५ लाख ७२ हजार ४५२ जना संक्रमित भएकोमा ३१ लाख २२ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं