Lite Nepal

शनिबार, कार्तिक ०१, २०७७

ताप्लेजुङ । चाडपर्वका समयमा यात्रुमाथी हुने दुव्र्यवहार र बढी भाडा असुली जस्ता क्रियाकलाप न्युनिकरणका लागि ताप्लेजुङमा भाडाका सवारी साधन भित्रै सवारी नम्बर सहितको स्टिकर राख्न थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीको आपसी समन्वयमा स्टिकर राख्ने अभियानको शनिबार विहान ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले उद्घाटन गरे।

यात्रुबाट बढि भाडा लिएको, दुव्र्यवहार भएको लगायतका गुनासो आउन थाले पछि त्यस्ता सवारी साधनलाई चाँडो पहिचान गरि कारबाहिको दायरामा ल्याउने उद्धेश्यले उक्त अभियान सुरु गरिएको ट्राफिक प्रहरी ईन्चार्ज दिपक दुलालले जानकारी दिए।

जिल्लाका विभिन्न ग्रामिण भेगमा चल्ने र लामो दुरीका सबै सवारी साधनमा चढ्दा सवारी साधनको नम्बर समेत ख्याल गर्न र ठगि लगायतका क्रियाकलाप भएमा तत्काल प्रहरीलाई खबर गर्न डिएसपी श्रेष्ठले यात्रुलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं