Lite Nepal

आइतबार, कार्तिक ०२, २०७७

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन तथा अवलोकन गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ ।

पाथीभरामा दर्शनार्थीको आवत जावत बढेसँगै जिल्लामा कोरोना संक्रमण बढ्ने भएकाले तत्कालका लागि दर्शन तथा अवलोकन गर्न प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार यो प्रतिबन्ध अस्थाई हो र कोरोना संक्रमण घटे र सहज बनेसँगै प्रतिबन्ध खुल्ने छ ।

नवरात्रको यो समयमा पाथीभरामा तीर्थालुको चाँप बढी हुने गरेकाले समयमानै यो निर्णय गरेर सार्वजनि गरेको डिएसपी श्रेष्ठले बताए ।

गृह मन्त्रालयले यसअघि नै देशभरका शक्तिपीठ तथा मन्दिरमा नियमित पुजा बाहेक दर्शन, अवलोकन र भ्रमण रोक्न सबै जिल्ला प्रशासनमा परिपत्र गरिसकेको छ ।

गृहले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयमा पठाएको पत्र अनुसार ताप्लेजुङको पाथीभरा मन्दिरमा पनि यो निर्णय लागु गरिएको हो ।

यो पाथीभरालाई ठुलो पाथीभरा पनि भन्ने गरिन्छ । अन्य जिल्लामा पनि साना पाथीभरा भएपनि यहाँ दर्शन गरे सबै मनोकाँक्षा पुरा हुने जनविश्वास रहेको छ ।

यो मन्दिरमा नेपालका सबै जिल्ला सँगै छिमेकी देश भारतको सिक्कीम, दार्जिलिङ, आसाम, गान्तोक, र बंगालका नागरिक समेत दर्शनका लागि वर्षेनी आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा