Lite Nepal

सोमबार, कार्तिक ०३, २०७७

काठमाडौँ । कोरोना महामारीकाबीच भारतका केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिने भएको छ ।

पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चललगायतका केही प्रदेशमा कोरोना महामारीले ७ महिनाअघि बन्द गरिएका विद्यालय तथा रेल सेवा आज सुरू गर्न लागिएको छ ।

मुम्बईमा बिहान साढे ८ देखि बेलुका साढे ८ बजेसम्म रेल सञ्चालनको अनुमति दिइएको छ । तर, यात्रुले अनिवार्य स्वास्थ्य मापदण्डका नियमहरू पालना गर्नुपर्नु छ ।

स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तसहित विद्यालयहरू पनि खुल्न लागेका छन् ।

उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइए पनि विद्यार्थीहरुलाई विद्यालय जानै पर्ने अनिवार्य गरिएको छैन ।

पञ्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्नेछन् । एउटा सिटमा एक जना मात्र विद्यार्थीलाई बसाइने छ । हिमाञ्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदैछ ।

सिक्किममा पनि आजैबाट पठनपाठन थालिने भएको छ । जाडोको र शनिबारको विदा पनि कटाएर नयाँ शैक्षिक क्यालेन्डर बनाएसँगै सिक्किम पठनपाठन नियमित हुन लागेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा