Lite Nepal

सोमबार, कार्तिक ०३, २०७७

काठमाडौँ । विश्‍वभर कोरोनाभाइरस संक्रमितको संख्या सोमबारसम्म ४ करोड नाघिसकेको छ । यो संख्या सोमबारसम्म ४ करोड ३ लाख २५ हजार भन्दा बढी छ ।

पृथ्वीको उत्तरी गोलार्धमा जाडो मौसम बढेपछि यो संक्रमण झन् फैलनसक्ने विज्ञहरुले बताएका छन् । रोयटर्सका अनुसार विश्‍वभर संक्रमितको संख्या ३ करोडबाट ४ करोडसम्म पुग्न जम्मा ३२ दिन लाग्यो । अर्थात् एक महिनामै १ करोड नयाँ संक्रमित थपिएका हुन् ।

जब कि यसअघि २ करोड संक्रमित संख्याबाट ३ करोड पुग्न ३८ दिन लागेको थियो । र १ करोड संक्रमित संख्याबाट २ करोड पुग्न ४४ दिन लागेको थियो । तर गत वर्षको डिसेम्बरमा चीनको वुहानमा पहिलो संक्रमित देखिएपछिको तीन महिनापछि मात्रै विश्वभर १ करोड संक्रमित भएका थिए ।

विज्ञहरुले पछिल्लो तथ्यांक हेर्दा महामारी झन् तीव्र रुपमा बढ्ने चेतावनी दिएका छन् । पछिल्लो साताको एकै दिन कोरोना संक्रमितको संख्या ४ लाख पुगेको थियो । यति धेरै संक्रमित एकै दिन पुष्टि भएको यो पहिलो पटक हो ।

अन्य दिनमा प्रायजसो एक दिनमा ३ लाख भन्दा धेरै हुने गरेका छन् । कोरोना संक्रमित नियन्त्रणको सवालमा अमेरिका, भारत र ब्राजिल विश्‍वभर सबैभन्दा खराब अवस्था भएका देश हुन् । उत्तर, केन्द्र र दक्षिण अमेरिकामा मात्रै विश्‍वभरका कोभिड १९ का संक्रमित संख्यामध्ये ४७ दशमलब २७ प्रतिशत बिरामी छन् । जुन विश्‍वभर संक्रमितहरुको पूरा संख्याको झण्डै आधा जनसंख्या हो ।

अमेरिकामा १० हजार कोभिड परीक्षणमा २ सय ४७ जति संक्रमित भेटिने गरेको तथ्यांक छ । भारत र ब्राजिलमा भने यो संख्या १० हजारमा ५५ संक्रमित र १० हजारमा २ सय ४८ संक्रमित भेटिने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार यूरोपमा नयाँ संक्रमितको संख्या हरेक दिन १ लाख ५० हजारले वृद्धि भएको छ । इटाली, नेदरल्याण्ड, जर्मनी, अस्ट्रिया, पोल्याण्ड, युक्रेन, साइप्रस र चेक रिपब्लिकमा हरेक दिन संक्रमित संख्या बढ्दो क्रममा छ ।

यूरोपमा जम्मा विश्वको संक्रमित संख्यामध्ये १७ प्रतिशत र मृतक संख्यामध्ये २२ प्रतिशत देखिने गरेको छ । यूके, फ्रान्स लगायत यूरोपका कतिपय देशले अझै पनि कोरोना रोकथामका लागि कडा नीति अपनाइरहेका छन् ।

भारतमा भने कोरोना संक्रमितको संख्या ७५ लाख पुगिसकेको छ । जहाँ डेढ महिनाको अवधिमा ८ लाख भन्दा थेरै सक्रिय संकर्मित अहिले छन् । यस्तै इरान लगायत मध्यपूर्वका देशहरु पनि कोरोना महामारीको गहिरो चपेटामा परेका छन् । ती देशमा पछिल्लो समय संक्रमण तीव्र रुपमा बढ्न थालेको छ । इरानको राजधानी तेहरानमा अक्टोबरको तेस्रो हप्ता मृत्यु हुनेको संख्या ३० हजार पुगेको थियो ।

यस्तै महामारी सुरु भएदेखि हालसम्म कोभिड १९ का कारण ११ लाख मानिसको मृत्यु भइसकेको छ । विश्वभर २ दशमलब ८ प्रतिशत मृत्युदर रहेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार विश्वभरी कोभिड १९ को खोप वितरण गरिनुभन्दा पहिले नै २० लाख मानिसको मृत्यु भइसक्ने आंकलन गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा