Lite Nepal

मंगलबार, कार्तिक ०४, २०७७

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारलेनै गर्ने बताएको छ । संघीय सरकारले संक्रमित आफैले उपचार गर्नुपर्ने बताई रहँदा प्रदेश १ सरकारले भने आफ्ना नागरिको खर्च हाल सम्म आफै बेहोरेको र अब पनि उपचार निशुल्क नै गर्ने जनाएको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरस कोभिड १९ संक्रमितको उपचार खर्च सरकारले नै बेहोर्ने जानकारी दिए । ‘यो महामारीमा सबै नागरिक समस्यामा छन्, हामी प्रदेश सरकार सुरुवात देखीनै यो महामारीयन्त्रणमा खटिएका छौँ, अब पनि कोरोना संक्रमित नागरिकको उपचार निशुल्कनै हुन्छ,’ उनले भने ‘यसमा सबै ढुक्क हुनुहोस ।’

प्रदेश सरकारले कोभिड अस्पताल, आइसोलेसन चलाउदै आएकोले अहिलेनै संक्रमित निजीमा दौडनु पर्ने अवस्था नरहेको मन्त्री घिमिरेले बताए । मन्त्री घिमिरेले यो सरकारको कोरोना संक्रमण रोक्ने अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । ‘महामारीमा सबै लडेकै छौँ, सबैले आ–आफ्नो स्थानबाट संक्रमण नियन्त्रणमा लाग्नुपर्छ,’ उनले भने ‘सरकारको अभियानलाई साथ दिएमा मात्रै यो सफल हुन्छ ।’

यता प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रदेश सरकारको यो भनाईमा संका व्यक्त गरेको छ । संघीय सरकार कोरोना संक्रमितको उपचार र व्यवस्थापनबाट अलगिरहेको समयमा प्रदेशले मात्रै भनेर नहुने तर्क कांग्रेशको छ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारले बोलेर मात्रै केही नहुने दाबी गर्छन् । ‘यस अघि त व्यवस्थापनमा लाचार बनेको प्रदेश सरकार संघीयले खुट्टा झिक्दा व्यवस्थापनमा दह्रो होला ?’ उनले प्रश्न गर्दै भने ‘प्रदेश सरकारले यस अघिनै व्यवस्थापन गर्नमा आफु सक्षम नभएको देखाईसक्यो ।’

प्रदेशको राजधानी विराटनगरमा मात्रै हाल सम्म ३० जना संक्रमितले ज्यान गुमाई सक्दा समेत प्रदेश सरकार गम्भिर नबन्नु यसको पहिलो उदाहरण भएको कांग्रेस संसद कार्की बताउँछन् । ‘प्रदेश सरकार भनेको संघिय सरकारको एउटा प्रशासनिक निकाय जस्तो मात्रै हो भनेर प्रधानमन्त्रीले भनिसके, अनि प्रदेश सरकारले बोलेर मात्रै नियन्त्रण होला ?’ उनले भने ।

प्रदेश सरकारले कोरोना जनसुरक्षा कोष खडा गरि रकम संकलन गरेको भएपनि पारदर्शी रुपमा खर्च गर्न नसकेको, आईसोलेसन व्यवस्थापन नगरेको, मृतकको संख्या रोक्न नसकेको प्रदेशका प्रसस्त लाचारी उदाहरण रहेको कांग्रेशको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा