Lite Nepal

मंगलबार, कार्तिक ०४, २०७७

विराटनगर । गायिका मेनुका पौडेल नवरात्रको अवसर पार्दै दुर्गा भजनको भिडियो लिएर आएकी छिन् । मंगलबार यूटुवबाट सार्वजनिक गरिएको ‘हे नवदुर्गा’ नामक भजनमा मेनुकालाई पंडित कुवेर सुबेदीले साथ दिएका छन् ।

भजनको शब्द समेत कुवेरकै रहेको छ । झापाको चारआली स्थित पाउ पाथीभरामा छायांकन गरिएको उक्त भजनको भिडियोमा गायक, गायिका मेनुका र कुवेर सँगै नौ जना कन्यालाई फिचरिङ गरिएको छ ।

भजनमा संगित राजु अधिकारीको रहेको छ भने एरेन्ज भुपु पाण्डेले गरेका छन् । रिश्चल सुवेदीले छायांकन गरेको उक्त भजन मन्त्रा सङ नामक यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भजनमा नवदुर्गा भवानीको आरधना गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं