Lite Nepal

बुधबार, कार्तिक ०५, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्दैछिन् । रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी भण्डारीले नै पोखरीको उद्घाटन गर्न लागेकी हुन् ।

राष्ट्रपतिले बिहान साढे ११ बजे रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । पाँच वर्षअघिको विनाशकारी भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट ९शिखर० शैलीमा पुनर्निर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं