Lite Nepal

शनिबार, कार्तिक ०८, २०७७

विराटनगर । भारतले सीमा नाका एकतर्फी खोलेपछी विराटनगर स्थित जोगवनी नाकामा थप सुरक्षा सतर्कता बढाइएको छ ।

भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमा नाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेहरुको भिडलाई रोक्न सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

नेपाल सरकारले आगामी कात्तिक ३० गते सम्म अन्तराष्ट्रिय सीमा नाका खुला नगर्ने यस अघिनै निर्णय गरेकाले भारतले खुल्ला गरे पनि नेपाल आउन नमिल्ने प्रजिअ निरौलाले बताए । ‘नेपालले निर्णय नगरी हामी खुल्ला रुपमा आउन दिनेछैनौँ,’ प्रजिअ निरौलाले भने ‘भारतले खेल्ने निर्णय गरेपछि हामीले थप सुरक्षा सतर्कता बढाएका हौँ ।’

प्रजिअ निरौलाले नेपाल तर्फ भने सिल जारी भएकाले भारतबाट नेपालीबाहेक कोही आउन नपाउने बताए । ‘नेपाल आउन चाहने नेपालीले नेपाल सरकारद्धारा जारी गरिएको परिचय पत्र देखाएर आउन सक्छन्,’ उनले भने ‘नेपाल आएपछि होल्डिङ एरियामा आएर होम क्वारेन्टाइन बस्ने गरी जान दिएका छौँ, अरुलाई अनुमती छैन ।’

यता भारतले एकतर्फि नाका खोलेपछि नेपाली सीमानामा सुरक्षा चुनौती थपिएको छ । नेपालमा कोरोना महामारी झनै बढेको समयमा नाका खोल्दा सीमानामा भारतबाट अनाधिकृत रुपमा पस्न खोज्नेलाई रोक्न सुरक्षा निकायलाई चुनौती थपिएको हो ।

भारतले नाका खोल्दा शनिबार पनि नेपाल पस्न खोज्ने ठुलो समुह जोगवनी नाकामा आएका थिए । उनिहरुलाई नेपालमा सीमा शिल कायमै रहेकाको अवगत गराउँदै फर्काएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

यस अघि सीमा क्षेत्रमा हुने आवत जावत रोक्न भारतीय सीमा प्रहरीले सघाउने गरे पनि भारतले सीमा खोल्ने निर्णय गरेसँगै सीमानामा अब नेपाली सुरक्षाकर्मीले मात्रै थाम्नु पर्ने अवस्था आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा