Lite Nepal

सोमबार, कार्तिक १७, २०७७

विराटनगर । मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा ४० जना स्थानीय बिरामी भएका छन् । रंगेली नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पुजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी भएका हुन् ।

कोजाग्रत पुर्णिमाको दिन बङ्गाली समुदायले लक्ष्मी पुजा गर्ने र सो रात जागरम समेत बस्ने भएकाले त्यस दिन छरछिमेक भेला भएर दत्तले बाँडेको पुजाको प्रसाद खाएका थिए ।

प्रसाद खाने अधिकांस बिरामी भएको र उनिहरुको रंगेली अस्पतालमा उपचार भईरहेको अस्पताल ले जनाएको छ । पुजाको प्रसाद ग्रहण गरेको २४ घन्टा नबित्दै प्रसाद खानेहरुलाई झाडापखाला सुरु भएपछि धमाधम अस्पताल आउन थालेको अस्पतालकी मेडिकल अधिकृत स्वेता मंण्डलले जानकारी दिईन् ।

मण्डलका अनुसार प्रसाद खाएकाहरुलाई ‘फुट पोईजन’ भएको र उनिहरुमा झाडापखाला, बान्तो, ज्वरो, पेट दुख्ने समस्या देखिएको छ । अहिले सम्म सोही पुजामा प्रसाद खाएका ४० जना उपचारका लागि पुगेका छन् ।

अस्पतालमा अन्य बिरामीसहित ‘फुट पोईजन’का बिरामी समेत पुगेपछि अस्पतामा बेड अभावका कारण केहीलाई घरमानै स्लाईन पानी चडाएर औषधी दिएको मण्डलले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा