Lite Nepal

बिहिबार, कार्तिक २०, २०७७

विराटनगर । साउदी अरबले विदेशी श्रमिकलाई लाग्दै आएको बन्देज फुकुवा गर्ने भएको छ । सन् २०२१ को मार्चदेखि लागु हुनेगरी त्यहाँ रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो ।

साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले बुधवार यसका बारेमा जानकारी दिएको हो । साउदीमा श्रम बजारलाई आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

रोजगारदाता परिवर्तन गर्न नपाउने र रोजगारदाताको अनुमति विना मुलुक छोड्न नपाउने व्यवस्थाका कारण लाखौं नेपालीसहित विदेशी श्रमिक बाध्यकारी श्रम गर्नसमेत बाध्य हुँदै आएका छन् ।

नयाँ व्यवस्था लागु भएपछि श्रमिकले एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्पोन्सरशीप परिवर्तन गरी रोजगारी परिवर्तन गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

नयाँ व्यवस्था लागु भएपछि रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न र पुनः फर्किन सक्ने तथा पुनः साउदीले नफर्किने गरी स्वदेश फर्किनसमेत सक्नेछन् ।

साउदीमा १ करोडको हाराहारीमा विदेशी श्रमिक कार्यरत रहेको तथ्यांक छ । साउदीले अगाडि सारेको लेवर रिलेशन ईनिसिएटीभ नामको यो कार्यक्रमले विदेशी श्रमिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसअघि साउदीले सन् २०२० भित्रै स्पोन्सरशीप प्रणाली ९कफाला० अन्त्य गर्ने घोषणा गरे पनि कोरोना भाइरस ९कोभिड(१९० को कारण ढिलो भएको बताउँदै आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा