Lite Nepal

शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ ले पराजित भएको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि भारतले १७–७ को अग्रता कायम गर्दै खेल ४८–२४ ले आफ्नो पक्षमा पार्‍यो।

नेपाल गत संस्करणको १९औं एसियन गेम्सको सेमिफाइनलमा पनि भारतसँग पराजित भएको थियो। त्यतिबेला नेपालले कास्य पदकमा चित्त बुझाएको थियो।

यसपटक समूह चरणमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो। सेमिफाइनलमा पुगेसँगै नेपालले कास्य पदक पक्का गरेको थियो।

जारी एसियन गेम्समा यो नेपालको दोस्रो पदक हो। यसअघि पुरुष करातेको कुमिते ८४ केजी तौल समूहमा तेन्जिङ शेर्पाले कास्य पदक जितेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं