Lite Nepal

शुक्रबार, कार्तिक २१, २०७७

सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले नेकपा पार्टी नफुट्ने दाबी गरेका छन् । शुक्रबार विहान सोलुखुम्बु विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

‘हाम्रो पार्टी फुट्नलाई जुटेको होईन,’ मन्त्री भट्टराईले भने ‘ठुलो पार्टी एक भएको र देशको सम्पुर्ण जिम्मेवारी पनी पार्टीकै काँधमा रहेकाले केही मत भिन्नता भए पनि यसलाई पार्टी फुट्ने रुपमा बुभ्mनु हुँदैन ।

पूर्व प्रधानमन्त्रीनै ४ जना भएको ठुलो पार्टीमा यस्ता मत भिन्नता देखिनु स्वभाविक भएको बताउँदै उनले पार्टी भित्र व्यक्तिहरुको व्यवस्थापनको समस्या रहेको बताए ।

उनले हरेक पार्टी भित्र खेलका नियम र विधानहरु हुने भएकाले पार्टी भित्र खेल्दा पनि सोही नियमको पालना नेताहुरुले गर्नुपर्ने धारणा राखे । उनले अब सबै नेताहरुको मान र प्रतिष्ठालाई कायम गर्दै देखिएको विवादको अन्त्य गर्न पार्टी सक्षम रहेको बताए ।

नेकपा फुटोस भन्ने ४, ५ प्रतिशत बाहेक सबै नागरिक र नेता कार्यकर्ता नेकपा जुट्नु पर्छ भन्ने मतमा रहेकाले पार्टी अझै बलियो भएर अघि बढ्ने मन्त्री भट्टराईको भनाई छ ।

मन्त्री भट्टराईले यो सरकारले नेपालमा गर्न सकेन भने अन्य कुनै सरकारले पनि काम गर्न नसक्ने दाबी गर्दै अहिलेनै सरकार अलोकप्रिय भन्नु गलत भएको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा