Lite Nepal

मंगलबार, कार्तिक २५, २०७७

विराटनगर । समाज सुधारकका रुपमा परिचित फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किराँत धर्मावलम्बीहरूले विषेश महत्वका साथ मनाउँदैछन् ।

नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा समेत गरिएका लिङ्देनका जन्मस्थानमा जयन्तीका दिन विषेश पुजासहितका कार्यक्रम राखिने गरिएकोमा यो वर्ष कोरोना महामारीका कारण सामाजिक दुरी कायम गर्दै समान्य पुजा र कार्यक्रम मात्र गर्ने तयारी गरिएको छ ।

यस्तै प्रदेश १ का बिभिन्न जिल्ला सहित किराँतीहरुको बसोबास रहेको विश्वका १८ देशमा भौतीक दुरी कायम गर्दै धर्मगुरुको पुजाको साथ उहाँको योगोदानलाई संझने कार्यक्रमहरु राखिएको किराँत धर्मगुरु ज्ञानु फुरुम्बु (चरपे)ले जानकारी दिए ।

लिङ्देनको जन्मजयन्ती परेकाले मंगलबार प्रदेश १ मा सार्वजनिक विदा दिइएको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमल बहादुर थापाले फाल्गुनन्द दिवसको दिन प्रदेश भरी विदा दिने निर्णय प्रदेशको राजपत्रमानै उल्लेख गरिएको जनाए ।

फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार हालको प्रदेश १ को इलाम स्थित माङ्सेबुङ गाउँपालिका २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो । फाल्गुनन्दले समाज सुधारमा महत्त्वपूर्ण योगदान दिएका छन् । उनले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गरेका थिए ।

उनको पहलमा पाँचथरको चोकमागुमा वि.सं. १९८८ मा गरिएको बृहत् भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ ।

करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए । उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ ।

वि.सं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनले महिलालाई पनि पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर फाल्गुनन्दले लैंगिक समानताको पनि वकालत गरेको मानिन्छ ।

नेपाल सरकारले विसं २०५० मा महागुरु फाल्गुनन्दका नाममा सम्मान स्वरूप १५ रुपैयाँको हुलाक टिकट प्रकाशन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सरकारको नेतृत्वमा पुगेका बेला विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीका अवसरमा किरात धर्मावलम्बीहरुका लागि सरकारी सार्वजनिक विदा दिने निर्णय भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा