Lite Nepal

मंगलबार, कार्तिक २५, २०७७

झापा । वर्षायाममा धान रोप्ने बेला किसानलाई मल उपलब्ध गराउन नसकेको सरकारले हिउँदे बालीका लागि समेत मल ल्याउन नसक्ने देखिएको छ । बंगलादेश सरकारले ५० हजार टन युरिया मल पैंचो दिन सहमति जनाए पनि हालसम्म सरकारले ल्याउन सकेको छैन ।

मल नपाएर किसान छट्पटाएको देखेपछि झापा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषाललाई प्रश्न गरेका छन् । सोमबार राति ट्वीट गर्दै सांसद् लिङ्देनले मन्त्री भुषाललाई सोधेका छन्, ‘प्रिय घनश्याम भुषाल, किसानले हिउँदे बालीका लागि पनि रासायनिक मल नपाउने टुङ्गोजस्तै देखियो । असफल भइयो कि बनाए ?’

सांसद् लिङ्देन निरन्तर रुपमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरिरहेका छन् । जनताका गुनासा सुन्ने र सरकारको ध्यानाकर्षण गराउने काममा उनी क्रियाशील छन् । किसानले मलको समस्याबारे गुनासो राख्नासाथ लिङ्देनले कृषिमन्त्रीलाई प्रश्न गरेका हुन् । यद्यपि, मन्त्री भुषालले सांसद् लिङ्देनको प्रश्नको जवाफ लेखेका छैनन् ।

मन्त्री भुषालले झण्डै तीन महिनायता ट्वीटरमा केही पनि लेखेका छैनन् । गत भदौ १ गते मन्त्री भुषालले ट्वीटरमा कृषि मन्त्रालयको अपील अपलोड गरेका थिए । उक्त अपीलमा भनिएको थियो, ‘अबको एक हप्ताभित्रमा नेपालमा मल भित्रिन थाल्ने छ ।’ त्यसयता मन्त्री भुषालले मलबारे केही उल्लेख गरेका छैनन् ।

बंगलादेश सरकारले ५० हजार टन युरिया मल पैँचो दिन सहमति जनाए पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याउन नसक्दा मन्त्री भुषालसँग किसान सन्तुष्ट छैनन् । बंगलादेशले मल दिने भएपछि कृषि मन्त्रालयले गृहकार्य तीव्र पारेको जनाएको थियो । ट्रकबाट मल ढुवानी छिटो छरितो हुने मन्त्रालयको निष्कर्ष थियो । तर, किसानले मल भने अहिलेसम्म पनि पाउन सकेनन् ।

तत्कालका लागि बंगलादेशबाट नेपाललाई आवश्यक रासायनिक मल ल्याउने र पछि ग्लोबल टेन्डर गरेर उसलाई फिर्ता गरिदिने कृषि मन्त्रालयको योजना थियो ।

मन्त्रालयका अनुसार मलको वार्षिक माग साढे ७ लाख टन हो । वार्षिक करिब ५ लाख टन आयात गर्न सके किसानले अभाव झेल्नुपर्दैन । तर सरकारी निकायबाट औसतमा साढे ३ लाखभन्दा बढी मल आयात हुन सकेको छैन । कोभिड–१९ का कारण अहिले बाँझो जमिनमा पनि बाली लगाउने क्रम बढेको छ । यसले पनि मलको माग बढेको छ । तर पर्याप्त योजना र समयमै टेन्डर नहुँदा किसानले हरेक वर्ष मल अभावको पीडा खेपिरहनुपरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा