Lite Nepal

बिहिबार, कार्तिक २७, २०७७

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभाको लागि विराटनगरका उद्योगी राजेन्द्र राउतले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर ११, १२ र १३ गते हुन गईरहेको साधारणसभामा हुने निर्वाचन कार्यक्रमको लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं। १ का उपाध्यक्ष राउतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।

मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष रहेका राउतले महासंघको प्रदेशको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । मोरङ व्यापार संघको तर्फबाट उमेदवार हुनुभएका राउत विभिन्न उद्योग व्यवसायमा संलग्न हुनका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय छन्।

राउतको राउत कन्ट्रक्सन, अन्नपूर्ण सिमेन्ट, सांग्रिला चप्पलसहितका उद्योगहरु सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा