Lite Nepal

बुधबार, मंसिर ०३, २०७७

विराटनगर । प्रदेश १ मा बुधबार ४ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय २३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय २४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४७ महिला र ७७ पुरुष छन् । मोरङको सुन्दरहरैचामा ३२, उर्लाबारीमा ९, बुढीगंगा र बेलबारीमा ८–८, कटहरी र मिक्लाजुङमा ६–६, रंगेली, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा ५–५, लेटाङमा ४, सुनबर्षीमा ३, ग्रामथानमा २ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ४३, रामधुनीमा ११, धरान, बराहक्षेत्र र इनरुवामा ६–६, दुहवीमा ३, गढी, देवानगञ्ज र बर्जुमा २–२, हरिनगर, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा १६, बिर्तामोडमा १२, भद्रपुरमा १०, अर्जुनधारामा ६, गौरादहमा ५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, हल्दिबारी, शिवसताक्षी, बुद्धशान्ति , कनकाई र कमल गाउँपालिकामा २–२, गौरीगञ्जमा १, इलामको इलाम नगरपालिकामा ७, सुर्योदयमा ३, रोङ र फाकफोकथुममा १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा ५–५ र उदयपुर गढीमा १, संखुवासभाको मकालुमा ३, पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको फिदिम, मिक्लाजुङ, फालेलुङ, हिलिहाङमा १–१, धनकुटाको महालक्ष्मी र धनकुटामा १–१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभनज्याङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ५ सय १६ पुगेको छ ।

प्रदेश १ मा बुधबार ३ सय ६३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३ सय ५४, मेची अस्पतालबाट ६ र होटल एशियाटिकबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार २ सय ३१ पुगेको छ ।

प्रदेश १ मा बुधबार १ हजार २ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १ सय ४६ महिला र २ सय ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८० हजार सय ५३० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा