Lite Nepal

बिहिबार, मंसिर ०४, २०७७

ताप्लेजुङ । ताप्लेजुङमा २६.१२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृतिसमेत दिइएको जनाइएको छ ।

मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाको काम विसं २०७८ असोज महिनादेखि निर्माण शुरुआत हुने आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दिए । काम शुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए ।

स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उनले जानकारी दिए । नौ किलोमिटर दूरी बराबरको सुरुङमार्गमार्फत विद्युत उत्पादन गरिने जनाइएको छ ।

फुङ्लिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ मा आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन् । स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सबै कार्य सम्पन्न गरिसकेको जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा