Lite Nepal

आइतबार, मंसिर ०७, २०७७
ताप्लेजुङको घुन्सा बस्ति । तस्विर : बसन्त लिम्बु/ताप्लेजुङ

ताप्लेजुङ । सोमबार (भोली) प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा जाने भएका छन् । प्रधानमन्त्री घुन्सा जाने भएसँगै उनको स्वागतका लागि भव्य तयारी गरिएको छ ।

घुन्सा फाउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन, घुुन्सालीहरुसंगको संक्षिप्त साक्षात्कार, बीओपीको निरिक्षण र पार्टीका कार्यकर्ताहरुसंग भेटघाट गर्ने प्रधानमन्त्री ओली घुन्सा जान लागेका हुन् ।

प्रधानमन्त्री घुन्सा जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाईएको छ भने प्रधानमन्त्रीको स्वागतका लागि सदरमुकामबाट नेकपा नेता, कार्यकर्ता समेत घुन्सा पुगिसकेका छन् ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि पूर्व सांसद तथा नेकपाका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो, प्रदेशसभाका सांसद तथा जिल्ला पार्टी सचिव बलबहादुर साम्सोहाङ, नेकपाका प्रदेश कमिटी सदस्यद्धय खेलप्रसाद बुढाक्षेत्री र मिङ्माडण्डु शेर्पा, जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला सचिवालय सदस्य घनेन्द्र मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्वो लगायतको टोली घुन्सा पुगेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद टंक आङ्बुहाङ, फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल र फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ लगायतको टोली पनि घुन्सा पुगिसकेको नगरप्रमुख प्याकुरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको नेतृत्वमा जिल्लाका सुरक्षा प्रमुखको टोली र पत्रकार महासंघ ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र पन्दाकको नेतृत्वमा सञ्चारकर्मीको टोली पनि सो कार्यक्रमका लागि गएको छ ।

घुन्सा सदरमुकाम फुङ्लिङबाट करिव ३ दिनको पैदल यात्रा गर्दा पुग्न सकिन्छ । प्रधानमन्त्री घुन्साबाट इलामको सन्दकपुरमा पनि बीओपीको निरिक्षणका लागि जाने कार्यसूची रहेको घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा