Lite Nepal

सोमबार, मंसिर ०८, २०७७

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) काठमाडौं बाहिर निस्कदैछन् ।

प्रधानमन्त्री ताप्लेजुङको घुन्सा, ओलाङ्चुङ्गोला र इलाम जान लागेको उनका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।

प्रधानमन्त्री ओलीले ताप्लेजुङ र इलामका विकास निर्माणका आयोजनाहरूको निरीक्षण गर्ने कार्यक्रम छ । सीमा क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

ताप्लेजुङको घुन्सामा एक कार्यक्रममा सहभागी भएर ताप्लेजुङ र इलामको बीओपीको निरिक्षण गर्दै उनी काठमाडौं फर्कनेछन् ।

गत फागुन २२ गते मिर्गौला प्रत्यारोपण गरिएपछि उनी दोस्रो पटक काठमाडौंबाहिर जान लागेका हुन् । ओली अस अघि संखुवासभा गएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा