Lite Nepal

सोमबार, मंसिर ०८, २०७७

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) काठमाडौं बाहिर निस्कदैछन् ।

प्रधानमन्त्री ताप्लेजुङको घुन्सा, ओलाङ्चुङ्गोला र इलाम जान लागेको उनका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।

प्रधानमन्त्री ओलीले ताप्लेजुङ र इलामका विकास निर्माणका आयोजनाहरूको निरीक्षण गर्ने कार्यक्रम छ । सीमा क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

ताप्लेजुङको घुन्सामा एक कार्यक्रममा सहभागी भएर ताप्लेजुङ र इलामको बीओपीको निरिक्षण गर्दै उनी काठमाडौं फर्कनेछन् ।

गत फागुन २२ गते मिर्गौला प्रत्यारोपण गरिएपछि उनी दोस्रो पटक काठमाडौंबाहिर जान लागेका हुन् । ओली अस अघि संखुवासभा गएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं