Lite Nepal

बुधबार, मंसिर १०, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका छन् ।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार पर्यटन मन्त्री कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गरेका हुन् ।

उक्त रकमबाट मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका ३ सय न्यून आए भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बीमा गर्न खर्च गरेका हुन् ।

साथै मन्त्री भट्टराईले आफ्नो तलवभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका कुल १२७६ जनाको कोरोना बीमा गराइदिएका छन् ।

यसरी मन्त्री भट्टराईले कुल १५७६ जना नागरिकको कोरोना बीमा आफ्नो खर्चबाट गराइदिएको उनको सचिवालयले जानकारी दिएको छ । उनी ताप्लेजुङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं