Lite Nepal

बिहिबार, मंसिर ११, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्दनको प्याकेज तयार गर्न पर्यटन ब्यवसायीहरुलाई आग्रह गरेका छन् ।

बुधबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले कोभिडको कारण अझै केही समय बाहय पर्यटन आवागमन कम हुने बताउदै आन्तरिक पर्यटन प्रर्बद्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गरेका हुन् ।

व्यसायीहरुले पर्यटक आवागन भिषा खोली पर्यटकिय गतिविधि सुचारु गर्न माग गरेका थिए । व्यसायीहरुको धारणा सुनेपछि मन्त्री भट्टराईले अहिले आवागन भिषा खुला गरेपनि धेरै पर्यटक आउछन भनेर उत्साहित हुने अवस्था नरहेका बताउदै विदेशीहरुलाई जस्तै स्वदेशीहरुलाई पनि पर्यटक प्याकेज बेच्न आग्रह गरेका हुन् ।

उनले अन्य देशमा कोभिड पछि एयरपोर्ट नै बन्द भएपनि नेपालको एयरपोर्ट एक दिन पनि बन्द नभएको बताउदै कोभिड पछि त्रिभुवन अन्र्तराष्ट्रिय एयरपोर्टबाट चार लाख मानिसले हवाई जहाज प्रयोग गरेको बताए ।

मन्त्री भट्टराईले असोज ५ गते देखि नियमित उडान शुरु गरेपछि हाल सम्म ४ हजार ८ सय ४ उडान काठमाडौ बाहिर भएको ४ हजार ५५ काठमाडौ भित्रिएकोे जानकारी गराउदै सो उडानबाट एक लाख ७५ काठमाडौबाट बाहिरिए भने एक लाख ६९ हजार काठमाडौं भित्रिएको बताए ।

मन्त्री भट्टराईले विश्वमा ३२ प्रतिशत उडान हुदाँ पनि नेपाल भने भने ४० प्रतिशत उडान भई रहेको बताए । उनले अन्तराष्ट्रिय उडानमा दक्षिण एसियामा लचकता अपनाउने देश नेपाल बताउदै भारतले सो पनि गर्न नसको बताए ।

उनले नेपालको एयरपोर्टमा प्रयोग भएको स्वास्थ्य प्रोटोकल विश्वमा नै उत्कृष्ट भएको भन्दै अन्र्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले २५ हजार डलरले नेपाललाई पुरस्कृत गरेको समेत बताए ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रकोे लागि सरकार र निजी क्षेत्र एउटै भएको बताउदै पर्यटन ब्यसायी र सरकार एक अर्काको सहयोगी भएर काधमा काध साथमा साथ दिएर अघि बढ्दा पर्यटनको पुर्नउत्थान हुने धारणा ब्यक्त गरे ।

पर्यटन मन्त्रालयमा सचिव यादव कोईरालाले पर्यटन क्षेत्र खुलाउने ठोस कार्ययोजना मन्त्रालयमा पेश गर्न ब्यसायीहरुलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा