Lite Nepal

मंगलबार, मंसिर २३, २०७७

विराटनगर । मोरङमा एक शिक्षकको गाली हानी हत्या भएको छ ।

मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । हत्या गर्नेको पहिचान नखुले पनि प्रहरीले हत्यामा नेत्रविक्रम चन्द विप्लव समुहको संलग्नताको आशंका गरेको छ ।

शिक्षक श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएको एक समुहले शिक्षकलाई घरबाट लगेको र घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको प्रहरीको भनाई छ । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ ।

घटनाको जानकारी पाउन साथ प्रहरी घटनास्थल तर्फ गएको र घटना स्थल पुग्न तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

विहान शिक्षक अपहरणमा परेको जानकारी प्रहरीलाई आएको केही समयमानै हत्या भएको प्रहरीले जनाएको छ । घटनामा विप्लव समुहको संलग्नताको आसंका गरिए पनि सो समुहबाट कुनै प्रतिकृया आएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं